images
images

सीडीयो, सहायक सीडीयोसहित गृहका ७० कर्मचारीको सरुवा


  • 379
    SHARES
  • २०७९ माघ ७ गते शनिबार

    सीडीयो, सहायक सीडीयोसहित गृहका ७० कर्मचारीको सरुवा

    काठमाडौँ  । सीडीयाे, सहायक सीडीयोसहित गृहमन्त्रालयका ७० कर्मचारीको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार साँझ सहसचिव र उपसचिव सिडियो सहित अन्य कर्मचारीको सरुवा गरेको हो । 

    बिहीबार सरुवासम्बन्धी जारी भएको मापदण्डका आधारमा मन्त्रालयले प्रजिअको काज सरुवा गरेको जनाएको छ। उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम श्रेणीका ४९ सिडयो, सहायक प्रजिअलगायतका कर्मचारी र राजपत्रांकित द्वितीय श्रेणीका नौ प्रमुख जिल्ला अधिकारी, पाँच सहायक प्रमुख जिल्ला अधिकारी र छ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । 

    सरूवा अनुसार सिन्धुपाल्चोकका प्रजिअ  वेदनिधि खनाललाई पर्सा, सुनसरीका प्रजिअ इन्द्रदेव यादवलाई सर्लाही, भक्तपुरका प्रजिअ रुद्रादेवी शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । काभ्रेपलाञ्चोककी प्रजिअ हुमकला पाण्डेलाई सुनसरी, चितवनका प्रजिअ आसमान तामाङलाई गृह मन्त्रालय, सिरहाका लालबाबु कवारीलाई गोरखा, दोलखाका भोजबहादुर खतिवडालाई सिरहा पठाइएको छ । गृहका शेखर पौड्याललाई दोलखाको सिडयोमा पठाइएको छ । प्राप्त विवरणअनुसार राजपत्रांकित द्वितीय श्रेणीका मुगुका प्रजिअ रोमबहादुर महतलाई नवलपरासी पश्चिम सरुवा गरिएको छ । रौतहटका प्रजिअ कृष्णबहादुर शाहीलाई सुनसरीको सहायक प्रजिअमा पठाइएको छ ।

    इलामका प्रजिअ माधवप्रसाद ढुंगानालाई सप्तरीको सहायक प्रजिअमा, ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेललाई काभ्रेपलाञ्चोकको सहायक प्रजिअमा पठाइएको छ ।  गृह मन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङलाई ताप्लेजुङको प्रजिअमा पठाइएको छ भने कालिकोटका प्रजिअ रामहरि शर्मालाई धादिङको सहायक प्रजिअमा सरुवा गरिएको छ ।


    images
    images

    Logo