images
images

५६ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, वितरणयोग्य नाफा कति ? 


  • 437
    SHARES
  • २०७९ माघ ७ गते शनिबार

    ५६ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, वितरणयोग्य नाफा कति ? 

    काठमाडौं । नबिल बैंकको नाफा ५६ प्रतिशतले बढेको छ ।  बैंकले सार्वजनिक गरेको विवरण अनुसार पुसमसान्तसम्ममा बैंकको नाफा ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा  २ अर्ब १८ करोड १४ लाख रुपैयाँ रहेको थियो । गतवर्षको तुलनामा यो ५६.७७ प्रतिशत बढी हो । 

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ। सो अवधिमा बैंकले सञ्चालन नाफा ४ अर्ब ८६ रुपैयाँ आर्जन गरेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ३ खर्ब ४७ अर्ब रहेको छ भने कर्जा लगानी ३ खर्ब १५ अर्ब गरेको छ ।

    बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ २६ पैसा  पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.१९गुणा रहेको छ भने प्रतिशेय नेटवर्थ १ सय ९९ रुपैयाँ १२ रुपैयाँ छ।


    images
    images

    Logo