काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ १० पैसा कायम रहेको छ । शक्रबार डलर १ सय ३० रुपैयाँ ४८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ९१ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५९ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ६० रुपैयाँ ५६ पैसा रहेको छ।
