images
images

एमालेका सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन


  • 434
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    एमालेका सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद  कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

    कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति उल्लेख गरिएको छ ।

    ‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको ब्यहोरा अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

     

     


    images
    images

    Logo