काठमाडाैं । सरकारले न्यायाधीशहरुको तलब बढाएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्यायाधीशहरु र संवैधानिक पदाधिकारीहरुको पारिश्रमिक तोकेको हो ।
जसअनुसार प्रधानन्यायाधीशको तलब १ लाख २ हजार २ सय ९३ रुपैयाँ रहेको छ भने सर्वोच्चका न्यायाधीशहरुको तलब ८५ हजार ४३ रुपैयाँ रहेको छ ।
त्यस्तै, उच्च अदालतका मुख्य न्यायाधीशको तलब ८० हजार ७ सय ७ रुपैयाँ रहेको छ भने न्यायाधीशको ७६ हजार ३ सय ८३ रुपैयाँ छ । जिल्ला न्यायाधीशको तलब ६४ हजार ८९५ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी संवैधानिक निकायका प्रमुखले ८० हजार ७ सय ७ रुपैयाँ तलब लिन्छन् भने सदस्यहरुले ७७ हजार ६ सय ६० रुपैयाँ पाउनेछन् । योजना आयोगका उपाध्यक्षको तलब ७९ हजार ३ सय ८५ रुपैयाँ र सदस्यहरुको ७७ हजार ६ सय ६० रुपैयाँ कायम गरिएको उक्त सूचनामा उल्लेख छ।



