काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राजस्पा)बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दिएकी छिन् । सत्तागठबन्धनका तर्फबाट रानामगरले उपसभामुखमा उम्मेदवारी दिएकी हुन् ।
उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थन गरेका छन् ।
उपसभामुखको शनिबार निर्वाचन हुँदै छ ।