काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत(सीईओ)ले कार्यालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको मा नेप्से कर्मचारी संघले गम्भिर ध्यानाकर्षण गराएको छ ।
संघले विज्ञप्ति जारी गर्दै सीईओले गरेको उक्त कार्यप्रति आपत्ति जनाउँदै छानबिन गर्न माग गरेका छन् । संघले सो घटनाको निष्पक्ष छानविन गरि सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
