काठमाडौं । काठमाडौंको बबरमहलमा बिहीबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २७ वटा सवारी साधन कारबाहीमा परेका छन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका मिनी बस १४, पिकअप भ्यान ८,भाडाका माइक्रोबस ३ र कार २ गरी २७ वटा सवारी साधन कारबाहीमा परेको छन् ।
वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने २७ वटा सवारी साधन कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।
मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउने आग्रह गरेको छन् ।



