images
images

शाइन रेसुङ्गा डेभलपमण्ट बैंकको संस्थापक शेयर विक्रीमा 


  • 280
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    शाइन रेसुङ्गा डेभलपमण्ट बैंकको संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमण्ट बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकको संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको १ लाख ५० हजार कित्ता शेयर विक्री गर्ने भएको हो । 

    कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त शेयर माघ १३ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य १ सय ५० रूपैयाँ तोकिएको छ ।

    तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यस डेभलपमेण्ट बैंकको विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म यो शेयर खरीदको लागि माग गर्न सकिने व्यवस्था छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री खुला गरेको थियो । 


    images
    images

    Logo