images
images

७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 357
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo