images
images

काठमाडौं महानगरले उठायो ४ अर्ब ५६ करोड राजस्व, धेरै मनोरञ्जन करबाट


  • 409
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    काठमाडौं महानगरले उठायो ४ अर्ब ५६ करोड राजस्व, धेरै मनोरञ्जन करबाट

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७९/८० पुस मसान्तसम्मा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको राजस्ब संकलन गरेको छ । महानगरापालिकाले पुसमसान्तसम्मा ४३.८३ प्रतिशत राजस्व संकलन गरेको हो । महानगरापलिकाले १० अर्ब ४१ करोड रुपैयाँ बराबरको लक्ष्य राखेकोमा सो रुपैयाँ बराबरको संकलन गरेको हो । 

    संकलन भएको रुपैयाँ मध्ये सवैभन्दा धेरै राजस्व मनोरञ्जन करबाट उठेको छ ।  महानगरले मनोरञ्जन करबाट १८१.६५ प्रतिशत कर उठाएको छ । महानगरले मनोरञ्जनबाट ५०करोड रुपैयाँ बराबरको लक्ष्य राखेकोमा ९० करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो । 

    घर वहालबाट १ अर्ब १८ करोड रुपैया राजस्व संकलन भएको छ। पुसमसान्तसम्मा घर वहालबाट ५९.८ प्रतिशत राजस्व संकलन गरेको हो । सम्पति करवाट ६५ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । सो रकम ६५.२ प्रतिशत हो ।

     

     

     


    images
    images

    Logo