काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले एनसिसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७ सय ८१ कित्ता शेयर कुमारी बैंकको नाममा परिणत गरेको छ । यस सँगै अव साविक एनसीसी बैंकका शेयरधनीहरुले अव कुमारी बैंकको नामबाट शेयर खरिद बिक्री गर्न पाउने भएका छन् ।
सिडिएससीले माघ ४ गते साविक एनसिसी बैंकको ११ करोड ५१ लाख कित्ता कुमारी बैंकमा समायोजन गर्ने निर्णय गरेको हो । हाल कुमारीको १४ करोड ७१ लाख कित्ता शेयर रहेको छ । अव कुमारी बैकको नाममा २६ करोड २२ लाख ५८ हजार ६ सय १३ कित्ता शेयर दोस्रो बजारमा सूचिकृत हुनेछ ।
दुबै बैंकले पुस २४ गते सिडिएससीलाई पत्राचार गर्दै साविक एनसिसी बैंकको १०० कित्ता बराबर कुमारी बैंकको पनि १०० कित्ता नै हुने गरी शेयर समायोजन गर्न अनुरोध गरेका थिए । दुई बैंकले गत पुस १७ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरिसेकको छ ।



