काठमाडौं । स्वावलम्बन लघुवित्तले १ लाख ५९ हजार संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीले संस्थापक समुहमा रहेको संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।
उक्त शेयरको मूल्य न्युनतम ५ सय ५५ रुपैयाँ तोकिएको छ भने न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा आइपुग्नेगरी आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।