images
images

आजको मौसम : यी ठाउँमा हिमपात र वर्षाको सम्भावना


  • 330
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    आजको मौसम : यी ठाउँमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आन्शिक देखि सामान्य बदली रहेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत  पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको  एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    सुदूरपश्चिम, कर्णाली  प्रदेशका र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


    images
    images

    Logo