काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ ।
बुधवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ २९ पैसा कायम रहेको छ । बुधवार डलर १ सय ३१ रुपैयाँ १२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ८८ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ५३ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ १ पैसा रहेको छ।