images
images

पाेखराको विमान दुर्घटनाबारे आईटीएफको चासो, सत्यतथ्य छानविनको माग


  • 567
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    पाेखराको विमान दुर्घटनाबारे आईटीएफको चासो, सत्यतथ्य छानविनको माग

    काठमाडौं । इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेसन (आईटीएफ) ले पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाको सन्दर्भमा चासो देखाएको छ । फेडेरेशन अन्तर्गतको नागरिक उड्डयन शाखाका महासचिव गब्रियल मोचो रोड्रिजियजले फेडेरेसनमा आवद्धसदस्यहरुलाई परिपत्र गर्दै उक्त घटनामा सम्बन्धमा चासो देखाएको हो । 

    फेडेरेसनले उक्त घटनामा सदाहत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारमा समवेदना समेत व्यक्त गरेको छ । फेडेरेसनले घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन हुनेमा विश्वस्त रहेको भन्दै यसका लागि सहयोग गर्न तयार समेत रहेको जनाएको छ । 

    विश्वका १३० भन्दा बढी देशका ७५० भन्दा धेरै ट्रेड युनियन महासंघहरु आवद्ध रहेको फेडेरेसनमा सडक यातायात, जल यातायात, हवाई यातायात रेल, बन्दरगाह तथा पर्यटन क्षेत्रसम्बद्ध आवद्ध छन् । यो संस्थाले विश्व हवाई संगठन (आईकाओ) सँग मिलेर नागरिक उड्डयन क्षेत्रको सुधारका लागि समेत काम गर्दै आएको छ । 

    itf1.jpg

     

     


    images
    images

    Logo