images
images

कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित


  • 282
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित

    काठमाडौं । कर्णाली प्रदेशको उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छिन् । बुधबार बसेकाे प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन पाएकी न्यौपानेले २४ मत पाएर निर्वाचित भएकी हुन् । 

    ४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत पर्यो भने १ जना तटस्थ बसेका थिए । न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एकरएक जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । 

    आइतबार प्रदेशभाले एमालेकी नन्दा गुरुङलाई सभामुखमा निर्वाचित भएका थिए । 


    images
    images

    Logo