images
images

राष्ट्र बैंकले तिरायाे ६ विकास बैंक र ४ फाइनान्सलाई नगद जरिवाना


  • 327
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    राष्ट्र बैंकले तिरायाे ६ विकास बैंक र ४ फाइनान्सलाई नगद जरिवाना

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा विकास बैंक र ४ बटा फाइनान्सलाई नगद जरिवाना तिराएको छ । बैंक कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र साल्पा विकास बैंकलाई नियम उल्लघन गरेको भन्दै हर्जानासहित कारोबार गरेको हो । 

    यसका साथै ४ फाइनान्स कम्पनीलाई पनि नेपाल राष्ट्र बैंकले अनिर्वाय मौज्दात र कर्जा निक्षेप अनुपात कायम नगरेकोले हर्जाना तिराएको छ । यसरी हर्जाना तिराउनेमा नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स र प्रोगेशिभ फाइनान्स रहेका छन् । 

    बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा यी बैंकहरुले अनिर्वाय मौज्दात, विपन्न बर्गको कर्जा र कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै हर्जाना तिराएको हो । केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई विपन्न बर्गको मौज्दातमा एक पटक र अनिर्वाय मौज्दातमा २ पटक कारवाही गरेको छ । सोही अनुसार बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई अनिर्वायको मौज्दातमा १ लाख ५२ हजार ९ सय २९ रुपैयाँ हर्जाना तिराएको छ भने अनिर्वाय मौज्दातमा पहिलो पटक ७ सय ६ रुपैयाँ र दोस्रो पटकमा ३२ हजार ९ सय ६९ रुपैयाँ हर्जाना तिराएको छ । 

    त्यस्तै, राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्ने नसकेको भन्दै कारवाही गरेको छ । बैंकलाई साउन महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले २० लाख १३ हजार २ सय रुपैयाँ र भदौ महिनामा २३ लाख १४ हजार ४ सय ९६ रुपैयाँ हर्जाना तिराएको छ । 

    यसका साथै, सिन्धु विकास बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्ने नसकेको भन्दै कारवाही गरेको छ । बैंकलाई साउन महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले १ लाख २६ हजार ३ सय ८४ रुपैयाँ र भदौ महिनामा १६ लाख ९९ हजार १ सय ५१ रुपैयाँ हर्जाना तिराएको छ भने नारायणी डेभलपमेन्ट बैंकलाई सोही नियम अनुसार कर्जा निक्षेप अनुपात कायम नगरेकोले ४ लाख ३६ हजार ७ सय ९४ रुपैयाँ र भदौ महिनामा ५ लाख १६ हजार ३ सय ७ रुपैयाँ हर्जाना तिराएको छ । 

    त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात कायम नगरेकोले २१ लाख ८० हजार ६ सय ३६ रुपैयाँ र भदौ महिनामा २८ लाख ९७ हजार ३ सय ५४ रुपैयाँ हर्जाना तिराएको छ भने साल्पा विकास बैंकलाई अनिर्वाय मौज्दात कायम नगरेकोले ३ सय ५३ रुपैयाँ हजाना तिराएको छ । 

    राष्ट्र बैंकले चारवटा विकास बैंकलाई कर्जा निक्षे अनुपात कायम गर्न नसक्दा चर्को जरिवानासहित कारबाही गरेको हो भने दुई वटा विकास बैंकलाई अनिवार्य मौज्दात कायम गर्न नसक्दा जरिवानासहित कारबाही गरेको हो ।

    Enforcement-Action-1st-quarter-of-fiscal-year-2079-80-1_page-0001.jpg

    ४ फाइनास कम्पनीलाई पनि हर्जाना तिराएको छ । जसमा नेपाल फाइनान्सलाई साउन महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले १९ हजार ३ सय ३० रुपैयाँ र भदौ महिनामा १ लाख ६५ हजार ५ सय ८४ रुपैयाँ हर्जाना तिराएको छ भने जानकी फाइनान्सलाई साउन महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले ६ लाख ५५ हजार १ सय ९३ रुपैयाँ र भदौ महिनामा ६ लाख ३६ हजार ७ सय ९९ रुपैयाँ हर्जाना तिराएको छ । 

    त्यस्तै, समृद्धि फाइनान्सलाई भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले ८० हजार ७ सय ४४ रुपैयाँ हर्जाना तिराएको छ भने सोही अनुसार बैंकले प्रोगेशिभ फाइनान्सलाई अनिर्वाय मौज्दातमा २३ हजार १ सय ८८ रुपैयाँ हर्जाना तिराएको छ । 

    Enforcement-Action-1st-quarter-of-fiscal-year-2079-80-1_page-0002.jpg


    images
    images

    Logo