images
images

हुन्डी कारोबार गरेको आरोपमा साढे २२ लाख रुपैयाँसहित २ जना पक्राउ 


  • 306
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    हुन्डी कारोबार गरेको आरोपमा साढे २२ लाख रुपैयाँसहित २ जना पक्राउ 

    काठमाडौं । प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा २२ लाख ५० हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय विकास साह र १९ वर्षीय सुवास कुमार साह रहेका छन् । उनीहरुलाई प्रहरीले मंगलबार दिउँसो साढे २ बजे वीरगन्ज–८ घण्टाघर क्षेत्रबाट पक्राउ गरेको हो । 

    प्रहरीले उनीहरुको साथबाट ५ सय र १ हजार दरका साढे २२ लाख ५० हजार रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर बरामद गरेको छ । वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेको थियो ।

    त्यो रकम हुण्डीको भएको आशंकामा उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

     


    images
    images

    Logo