images
images

एकैदिन ३ हजार भन्दा बढी सवारी चालक कारवाहीमा


  • 368
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    एकैदिन ३ हजार भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५० जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई मंगलबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४१६ जना, लेन अनुशासन पालना नगर्ने १ सय १७ , रेड लाइडमा सवारी साधन चलाउने ३० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १३ र नम्बर प्लेट राम्रोसँग नराख्ने ४६ जना, लिडारगन १ सय ४ चालक रहेका छन् ।  यस्तै २ हजार ४ सय ९९ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo