images
images

माइक्रोसफ्टले ठूलो संख्यामा कर्मचारी हटाउने


  • 454
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    माइक्रोसफ्टले ठूलो संख्यामा कर्मचारी हटाउने

    काठमाडौं । माइक्रोसफ्ट कर्पोरेशनले हजारौंको संख्यामा कर्मचारी कटौती गर्ने भएको छ। यस कटौतीमा विशेषगरी मानव संसाधन र ईन्जिनियरिङ् डिभिजनका कर्मचारीहरु पर्ने भएका छन्। 

    यस अघिपनि मेटा, अमेजन लगायतका टेक कम्पनीहरूले सुस्त माग र बिग्रँदै गएको विश्वव्यापी अर्थतन्त्रको कारणले कर्मचारी कटौती गर्दै आएका छन्। माइक्रोसफ्टको यो कदमले प्राविधिक क्षेत्रले रोजगारी कटौतीको क्रम जारी राख्ने संकेत दिएको हो । 

    यूके प्रसारक स्काई न्यूजले स्रोतहरूलाई उद्धृत गर्दै माइक्रोसफ्टले आफ्नो कार्यबलको लगभग ५ प्रतिशत अर्थात ११, हजार कर्मचार कटौती गर्ने योजना बनाएको रिपोर्ट गरेको छ।

    त्यस्तै  ब्लूमबर्ग न्यूजका अनुसार कम्पनीले बुधबार धेरै ईन्जिनियरिङ् डिभिजनहरूमा कामदार कटौती गर्ने योजना बनाएको छ। 

     

     


    images
    images

    Logo