काठमाडौं । बरिस्ठ आँखा रोग बिशेषज्ञ सन्दुक रूइतले १० लाख डलरको प्रतिष्ठित अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित सो पुरस्कार पाउने रूइत पहिलो नेपाली हुन् ।
संसारभर मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गरिदै आएको छ । डा। रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि इसा अवार्डका लागि छनोट गरिएको जनाइएको छ ।
मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणासभामा राजपरिवारका सदस्य शेख मो। बिन मुबारक अल खालिफाले डा। रुइतलाई सो पुरस्कार दिने घोषणा गरेका थिए । डा। रुइतले मोतियाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गरेका थिए ।
डा। रुइतले विकास गरेको इन्ट्राअकुलर लेन्स विश्वभर सुलभ दरमा उपलब्ध छ । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् ।
बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्था सन् २००९ मा स्थापना भएको थियो । संस्थाले सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ को पुरस्कार डा। रुइतलाई दिने घोषणा गरिएको हो ।



