काठमाडौं । लुम्विनी प्रदेशको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाण केसी निर्विरोध निर्वाचित भएकी छिन् । मंगलबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा उनी निर्वाचित भएकी हुन् ।
अन्य दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध भएकी हुन् । उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारु चौधरी र नेपाली कांग्रेसका विश्वप्रेम पाठकले पनि उम्मेदवारी दिएका थिए ।
सोमवारमात्रै एकल उम्मेदवारी परेर सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर निर्विरोध निर्वाचित भएका थिए ।