images
images

पुस महिनासम्मा ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव 


  • 396
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    पुस महिनासम्मा ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव 

    काठमाडौं । नेपालमा पुस महिनासम्मा ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव गरेको छ । उद्योग विभागका अनुसार २०७९ पुसमसान्तसम्मा उक्त रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । 

    यस अवधिमा २० वटा विदेशी लगानी स्वीकृत भएका छन् । जसमध्ये ठूलो उद्योग १ वटा र साना तथा उद्योग १९ वटा रहेका छन् । यसमध्ये उत्पादनमूलक उद्योगतर्फ ३ वटा लगानी प्रस्ताव आउँदा पर्यटन मूलकमा ५ वटा लगानी प्रस्ताव आएको छ । यस्तै, सेवामूलक उद्योगमा ७ वटा लगानी प्रस्ताव आएको छ भने सूचना प्रविधि उद्योगमा ३ वटा लगानी प्रस्ताव आएको छ । 

    यसैगरी, पूर्वाधारतर्फ २ वटा लगानीको प्रस्ताव आएको विभागले जानकारी दिएको छ ।


    images
    images

    Logo