images
images

दुई मन्त्रालय प्रधानमन्त्रीसँगै, अरु कसलाई कुन मन्त्रालय  ? 


  • 317
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    दुई मन्त्रालय प्रधानमन्त्रीसँगै, अरु कसलाई कुन मन्त्रालय  ? 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रीपरिषद्मा २३ जना पुगेका छन् । अब मन्त्रिपरिषदमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना रहेका छन् । प्रधानमन्त्री दाहालले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय आफैंसँग राखेका छन् ।

    त्यस्तै, मन्त्रिपरिषद्मा ४ जना उपप्रधानमन्त्री रहेका छन । जसमा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ ,उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन रहेका छन् । 

    कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा राजेन्द्रकुमार राई, परराष्ट्र मन्त्रीमा डा। विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका छन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी रहेका छन् । त्यस्तै सुशीला शिर्पाली ठकुरी पर्यटन राज्यमन्त्री बनेकी छन् ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की रहेका छन् ।

    त्यस्तै, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा दीपकबहादुर सिंह रहेका थिए । त्यस्तै खानेपानी मन्त्री अब्दुल खान रहेका छन् । 

    001_10-3_मन्त्रीहरुको-शपथ_2079-1489x2048.jpg

    002_10-3_मन्त्रीहरुको-शपथ_2079-1489x2048.jpg

     


    images
    images

    Logo