images
images

५ जलविद्युत् आयोजनावाट गाउँपालिकाले पाउने भयो रोयल्टीबापत ८ करोड


  • 300
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    ५ जलविद्युत् आयोजनावाट गाउँपालिकाले पाउने भयो रोयल्टीबापत ८ करोड

    काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ गाउँमा सञ्चालित ५ वटा जलविद्युत् आयोजनावाट गाउँपालिकाले चालु आर्थिक वर्षमा ८ करोड रुपैयाँ भन्दा बढी विद्युत रोयल्टी पाउनेभएको छ ।

    ६ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विजुली १ वर्षदेखि केन्द्रीय प्रशासरण लाइनमा जोडिएको छ । कूल ७१ मेगावाटको निलगिरि क्यास्केट, ३८ मेगावाटको निलगिरी खोला र ६ मेगावाट क्षमताको रेलेखोला आयोजना निर्माणाधीन छन् । निलगिरि १ र २ दुवैले चालु आर्थिवर्षमा निर्माण सक्ने लक्ष्य लिएका छन् । 

    अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माका अनुसार वित्त आयोगबाट विद्युत् रोयल्टी वापत ८ करोड रुपैयाँभन्दा बढी, वन रोयल्टी विनियोजन भएको पत्र गाउँपालिकामा प्राप्त भएको छ । त्यसका साथै पर्यटनबाट ४० हजार रुपैयाँभन्दा बढी रोयल्टी विनियोजन भएको पत्र पनि पालिकालाई प्राप्त भएको उनले जानकारी दिए । 

    नारच्याङमा सञ्चालित जलविद्युत् आयोजनाबाट पाँच सयभन्दा बढी स्थानीयले रोजगारी पाएका वडाध्यक्ष लोकबहादुर फगामीले बताए । उनका अनुसार विद्युत् आयोजनाले स्थानीय तीन वटा विद्यालयका शिक्षकको तबल भत्ता, अन्य खेलकुद मैदानसमेत पूर्वाधारमा सहयोग, आमा समूह, युवा क्लबलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।

    जलविद्युत् आयोजनाबाट सामाजिक तथा वातावरणीय क्षेत्रमा प्राप्त औषत वार्षिक रू दुई करोड पनि यही वडाभित्र खर्च हुनेगरेको उनले जानकारी दिए । यसअघि निर्माण सम्पन्न भएको मिस्त्रीखोलाबाट पनि वडाले मनग्य सामाजिक क्षेत्रमा सहयोग पाएको उनले बताए । “जलविद्युत् आयोजनाकै कारण गाउँको विकासमा सहयोग पुगेको छ, स्थानीयले रोजगारी पनि पाएका छन्”, उनले भने ।


    images
    images

    Logo