images
images

४०औँ पर्यटनमन्त्रीमा माओवादी केन्द्रका सुदन किराँती


  • 395
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    ४०औँ पर्यटनमन्त्रीमा माओवादी केन्द्रका सुदन किराँती

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

    पर्यटन मन्त्रालयको विवरणमा २०३४ साल मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ । २०३५ सालमा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मनुभएका राई भोजपुरबाट तीन पटक (२०६४, २०७४ र २०७९)साल मा सांसद बनेका थिए ।
     
    भूइँमान्छेको पहिचान बनाएका राई स्थानीय परिभेषमा घुलमिल हुने र जनताको सुख दुःखमा साथसाथै रहने कार्यशैलीले उनी जनतामाझ स्थापित भएका छन् । सिधा र स्पष्ट कुरा राख्ने किराती राजनीतिमा पनि निकै काबिल रहेका छन् । राजनीतिक यात्रामा पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीतालाई कुशलतापूर्वक भूमिका निर्वाह गर्नुभएका किराती जनजाति सांसदमा बेग्ले लवज र जनतासँग घुलमिल भएर जीवन्त अभ्यासले उनको राजनीतिक यात्रालाई ओझिलो बनायो । 

    पार्टीमा राम्रो प्रभाव राख्ने नेता भएकाले पनि सुदन किराती अघिल्लो पटक नै मन्त्री बन्ने चर्चा थियो । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा  भोजपुरबाट प्रतिनिधिसभाका लागि निर्वाचित भए पनि किरातीको झनै चर्चा भयो । 

    गत पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठनभएपछि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ३९औँ पर्यटनमन्त्रीका रुपमा १ सय ८३ दिन काम गरेर बिदा भएका थिए ।

    पर्यटनमन्त्रीका रुपमा मन्त्री किरातीलाई कोभिड–१९ (कोरोना भाइरस) महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनेदेखि पर्यटन तथा हवाई पूर्वाधार र सेवा सुदृढीकरणका लागि नीतिगत सुधार र रणनीतिक कार्ययोजना बनाउने जिम्मेवारी छ । सरकारले पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशक (सन् २०२३ देखि २०३२) को अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रुपरेखा सार्वजनिक गरिसकेको छ । 

    भ्रमण दशकको प्रभावकारी कार्यान्वयनदेखि पर्यटन क्षेत्रको नीतिगत सुधार गरेर आर्थिक समृद्धिको आधारमध्येको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमन्त्री किरातीको मुख्य जिम्मेवारी हुनेछ ।


    images
    images

    Logo