images
images

नयाँ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?


  • 380
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    नयाँ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय  ?

    काठमाडौं । नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलवार नव नियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    नेकपा एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र पदम गिरी स्वास्थ्य मन्त्री बनेका छन्  यस्तै, भगवती चौधरी र हरि उप्रेती मन्त्रीमा नियुक्त भएका छन् । 

    माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री र अमनलाल मोदी संघीय मामिलामन्त्री भएका छन् भने सुदन किराती पर्यटन र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रममन्त्री बनेका छन् र शिशिर खनाललाई शिक्षा मन्त्रीमा नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

    यस्तै, राप्रपाबाट पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बनेका छन् भने सहरी मन्त्रीमा बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

     

     


    images
    images

    Logo