काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटी ( राप्रपा) ले मन्त्रीको टुङ्गो लगाएको छ । जसमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन् ।
यस्तै ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् । यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् ।