images
images

सुदूरपश्चिमको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित


  • 256
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    सुदूरपश्चिमको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन् । माओवादीका भण्डारी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । 

    कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका हुन् ।  उनको विपक्षमा भने २३ मत परेको थियो ।

    यसअघि लगातार दुई पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेर सभामुख चयनमा सकस भएको सुदूरपश्चिममा तेस्रो पटकको मतदानबाट सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका सांसद भण्डारी निर्वाचित भएका हुन् । 

     


    images
    images

    Logo