काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री बन्नेहरुको नामावली तयार गरेको छ । रास्वपा सभापति रवि लामिछानेले ३ मत्रीको नाम सूची तयार गरेको छ ।
जसअनुसार डोलप्रसाद अर्याल, शिखिर खनाल र डा तोसिमा कार्की रहेका छन् । पार्टिका सभापति रवि भने यस अघि नै उपप्रधानमन्त्री तथा गृह मन्त्री भएसकेका छन् ।
स्रोतका अनुसार डोलप्रसाद अर्याल श्रममन्त्री बन्ने भएका छन् भने शिखिर खनाल शिक्षा मन्त्री हुने भएका छन् । त्यस्तै, डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छिन् ।