काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलवार छापावाला सुन प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ ।
सोमवार प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि छापावाला सुन १ लाख ५ हजार ५ सय रुपैयाँमा हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।