images
images

टुङ्गियो मन्त्रालयको भागबन्डा, आजै सपथ ग्रहण हुने


  • 394
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    टुङ्गियो मन्त्रालयको भागबन्डा, आजै सपथ ग्रहण हुने

    काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । 

    उनले भने, “कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर मंगलवार आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ ।” उनका अनुसार आजै नै सपथ ग्रहण कार्यक्रम हुनेछ । 

    साेमवार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो वार्ता भएको थियो । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको हो । 


    images
    images

    Logo