images
images

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित


  • 320
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित

    बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन् । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
     
    आजको प्रदेशसभामा एक सय १० सदस्य रहेकोमा एक सय आठजना सदस्य बैठकमा उपस्थित भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसाले । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत प¥यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिइन् । 


    images
    images

    Logo