images
images

पोखरा विमान दुर्घटना : १ जनाको शव भेटियो, ३ जना अझै वेपत्ता


  • 561
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    पोखरा विमान दुर्घटना : १ जनाको शव भेटियो, ३ जना अझै वेपत्ता

    काठमाडौं । यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ । सोमबार दिउँसो सेती खोंचबाट थप १ जनाको शव फेला परेको  हो । 

    योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना वेपत्ता छन् । शव भेटिएकामध्ये २६ जनाको पहिचान भएको छ ।मृत्यु भएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । ३ जना शवको खोजी भइरहेको छ । 

    यती एयरलाइन्सको ९–एन एएनसी एटिआर–७२ विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।आइतबार काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान पोखराको सेती नदी खोंचमा खसेको थियो ।

     


    images
    images

    Logo