काठमाडौं । गण्डकी प्रदेशको उपसभामुखमा नेकपा एमालेकी विना थापा निर्वाचित भएकी छिन् । सोमबार भएको प्रदेश सभाको बैठकमा एमालेकी थापा ३२ मत पाएर निर्वाचित भएकी हुन् । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए ।
यस्तै, लमजुङबाट समानुपातिकतर्फ निर्वाचित कांग्रेस सांसद पार्वती तामाङले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् ।प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी रहेको थियो ।