images
images

आईओसीले बढाएर पठायो पेट्रोलको मूल्य 


  • 364
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    आईओसीले बढाएर पठायो पेट्रोलको  मूल्य 

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको हो । 

    डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची आज पठाएको हो ।

    निगमले पुस २१ गते पेट्रोल र डिजेलमा ३/३ रुपैयाँ घटाएको थियो भने हवाई इन्धनमा ३० रुपैयाँ घटाएको थियो । अहिले पेट्राेलकाे मूल्य १ सय ७५ रुपैयाँ र डिजेलकाे मूल्य १ सय ७२ रुपैयाँ रहेकाे छ भने हवाई इन्धनकाे मूल्य १ सय ६० रुपैयाँ रहेकाे छ । 

     

     


    images
    images

    Logo