भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता सुरु भएको छ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओली निवास बालकोट पुगेको छन् ।
मन्त्रिपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक बिषयमा सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्ड बिहान १० बजेर २० मिनेट जाँदा बालकोट पुगेका हुन् । हिजो साँझ पनि उहाँहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सभामुखको निर्वाचन ,नेपाली कांग्रेसले विश्वासको मत दिएपछिको सम्भावित परिणाम ,प्रदेश सरकारलाई पुर्णता दिने लगायत मुलुकको समसामयिक राजनीतिका विषयमा भेटघाट र छलफल बाक्लिएको छ ।



