भक्तपुर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट आएका छन् ।मन्त्रीपरिषद्लाई पूर्णता, राष्ट्रपति र सभामुखको निर्वाचनका विषयमा छलफल गर्न प्रचण्ड १०ः४५ वजे बालकोट आएका हुन् ।
यसअघि ओली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटार पटक/पटक छलफल भइसकेको छ । सरकार गठन भएको तीनसाता बित्दापनि सरकारले पूर्णता नपाएपछि प्रचण्ड आफै बालकोट आएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् । राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संका व्यक्त गरिरहेका बेला प्रचण्ड बालकोट पुगेका हुन् ।
प्रचण्ड बालकोटमै दिवा भोजपछि फर्किने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।



