images
images

रेकर्ड नजिकै पुग्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 471
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    रेकर्ड नजिकै पुग्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । माघ महिनाको दोस्रो दिन सोमबार सुनको मूल्य बढेर रेकर्डस्तर नजिकै पुगेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको हालसम्मको उच्च मूल्य १ लाख ५ हजार ५०० रुपैयाँ हो।

    आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     

     


    images
    images

    Logo