images
images

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान, आफन्तलाई जिम्मा लगाइँदै


  • 388
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान, आफन्तलाई जिम्मा लगाइँदै

    काठमाडौं । आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।
     
    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए ।
     
    बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारमा कठिनाइ भएको छ । 

    शव आफन्तलाई जिम्मा लगाइँदै

    पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

    दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
     
    पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र थप तीन जना अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए ।
     
    सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ । 


    images
    images

    Logo