images
images

शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने, तालिका अनुसार परीक्षा हुने


  • 250
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने, तालिका अनुसार परीक्षा हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले माघ २ गते शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा भोलि माघ २ गते नरोकिने बताउनु भएको छ । 

    उनले आज सूचना  जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिएपनि मानविकि सङ्कायद्धारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिए । 


    images
    images

    Logo