काठमाडौं । सोमवार यती एअरलाइन्सको सम्पुर्ण उडान रद्द हुने भएको छ । एयरलाइन्सले आइतवार सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
उक्त सूचना अनुसार आज विहान पोखरामा भएको यती एअरलाइनसको विमान दुर्घटना परि ज्यान गुमाएका यात्रुहरुको शोकमा भोली सो एयरलाइन्सको सम्पुर्ण उडान रद्द भएको छ ।
सम्पुर्ण उडान रद्द गरेतापनि आपतकालिन र उद्धारका लागि भने उडान सूचारु हुने यती एअरलाइन्सले जनाएको छ ।
