काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा एक पत्रकार परेका छन् । प्रहरीका अनुसार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल सो विमान दुर्घटनामा परेका हुन् ।
पोखराको फुलबारीमा बस्दै आएका पौडेल पोखरा हटलाइन दैनिकका सम्पादक हुन् । काठमाडौंबाट गृहनगर पोखरा फर्कने क्रममा पौडेल दुर्घटनामा परेका थिए । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए ।
प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि काठमाडौं आएका पौडेल बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट्ने कार्यक्रम रद्व भएपछि घर फर्किदै थिए । ४ वर्षअघि विवाह बन्धनमा बाँधिएका पौडेलका एक छोरा रहेको बताइएको छ।