काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीहरु आपसमा मर्जर जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले अन्तिम सम्झौता पत्रमा आज हस्ताक्षर गरेका हुन् ।
काठमाडौंस्थित होटल अलफ्टमा भएको सम्झौतामा प्राइम लाइफ, गुराँस लाइफ युनियन लाइफका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । अब हिमालयन लाइफको नामबाट एकीकृत कारोबार हुनेछ । भने तीन वटै कम्पनीले १ः१ः१ को अनुपातमा मर्जर गर्ने गरी स्वाप रेसियो तय गरेका हुन् ।
कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थानमा हुनेछ । त्यस्तै कम्पनीको अध्यक्ष सुलभ अग्रवाल हुनेछ भने सिईओ मनोज कुमार कर्ण हुनेछन् । त्यस्तै गुराँस लाइफका सिईओ र प्राइम लाइफका कामु सिईओ डेपुटी सिईओको रुपमा हुनेछन् । तीनै जीवन विमा भएपछि बन्ने विमा कम्पनीको ७ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी हुनेछ।



