images
images

सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती


  • 441
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    सम्झौता भएको दुई वर्षमा पनि जडान भएन स्मार्ट सडक बत्ती

    काठमाडौं महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुनसकेको छैन । २०७७ साल मङ्सिर २५ गते काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच  सहकार्य गर्ने गरी सम्झौता भएको थियो ।  

    सम्झौता भएको ४५ दिनदेखि काम सुरु गर्ने भनिए पनि सुरुको एक वर्ष कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको काठमाडौं महानगरपालिकाको भनाइ छ । कोरोनाको त्रास कम भएपछि भने कामपाले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्नेजस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसको हो ।

    सहमतिअनुसार कामपा क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक बत्तीका लागि  काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गरिने र लगानीको ६० काठमाडौं महानगरपालिकाको र प्रतिशत प्राधिकरणको  ४० प्रतिशत रहने उल्लेख छ । काठमाडौं महानगरपालिकाको अधिकारक्षेत्रभित्र पर्ने सडकका जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ  । 

     सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, महाराजगञ्ज चोक, पुतली सडक, शीतल निवासलगायत क्षेत्रमा पहिलो चरणमा करिब १२ करोड रुपैयाँको लागतमा १ हजार ७ सय थान आधुनिक सडक बत्ती जडानका लागि कार्यअघि बढाउने भनिएको छ ।  

    कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार स्मार्ट सडक बत्ती जडान गर्ने  सहमति भए पनि कुन कम्पनीको, कति थान  र कुन क्षमताको बत्ती जडान गर्ने तथा त्यसको  मर्मतसम्भार कस्ले गर्ने, बत्तीको महसुल कस्ले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न नसकेको हो । 

    ती विषयमा सम्झौता गर्नका लागि छलफल भइरहेकाले सम्झौतापछि तत्काल काम सुरु हुने प्रमुख थापा बताए ।  उनले भने, “यसअघि सम्झौता हुन नसकेको विषयमा पनि सहमति भई एक हप्ताभित्र काम अघि बढ्ने तयारीमा  छ । 

    बाँकी रहेका स–साना विषयमा सहमति भएसँगै पैसा निकासा भएर काम अघि बढाउने तयारी रहेको पनि प्रमुख थापा जानकारी दिए । त्यसैगरी बत्ती जडानपछि बत्ती ती स्थानका  फुटपाथलगायतको मर्मत विभागले गर्ने सम्झौतामा उल्लेख छ । 

    बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास कामपाको छ । उक्त बत्तीले सडकमा सोलार वा अन्य बत्तीलेभन्दा बढी उज्यालो दिने र त्यसको प्रकाश साँझको समयमा बढी चम्किलो हुने बताइएको छ ।

     


    images
    images

    Logo