images
images

विमान उडाउनु अघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन


  • 311
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    विमान उडाउनु अघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

    काठमाडौं । सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे/नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिरकणलाई निर्देशन दिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । 

    “आन्तरिक उडानमा रहेका विमानको प्राविधिक पक्षको परीक्षण अनिवार्य गर्ने व्यवस्थाले हवाई दुर्घटना कम गर्न सघाउ पुग्ने हाम्रो अपेक्षा छ”, बैठकका निर्णयबारे जानकारी दिँदै उखले भने, “बैठकले घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।”

    बैठकले दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । बैठकले माघ २ गते सोमबार दुर्घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ । 

    घटनाबारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्य सरोकारवालाका लागि सम्पर्क र विश्वसनीय सूचनाको प्रबन्ध गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

    सरकारले पार्थिव शरीर बुझ्न र आ–आफ्नो स्थानमा लैजान चाहनेका लागि सहजीकरण गर्न आवश्यक प्रबन्ध मिलाउने निर्णयसमेत गरेको छ । घटनापछि त्यसबारेमा जानकारी लिने र तत्काल उद्धारका लागि आवश्यक निर्देशन दिइएको उनले बताए । “राज्यका सबै निकायलाई परिचालन गर्नेमा प्रधानमन्त्री लाग्नुभएको छ”, उनले भने, “राज्यका सम्बद्ध निकाय त्यसैअनुसार परिचालित छन् ।”


    images
    images

    Logo