images
images

विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय 


  • 346
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय 

    काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आकस्मिक रूपमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन समेत गरेको छ । मन्त्रिपरिषदले दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । बैठकले घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

    उक्त दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोगको समय ४५ दिनको रहेको छ । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो । जाँच आयोगमा पूर्व सचिव नागेन्द्र घिमिरे यसको संयोजक रहनेछन् । सदस्यहरुमा दिपक प्रसाद बास्तोला, सुनिल थापा र एकराचन थापा र सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

    साथै बैठकले नेपालमा आन्तरिक उडान गर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्नुपर्ने र त्यसको अनुगमन नागरिक उड्‍ययन प्राधिकरणले गर्ने पनि निर्णय गरेको छ । पोखराको सेती खोंचमा दुर्घटना भएको विमानमा चालक दलकासहित ७२ जना सवार थिए । 


    images
    images

    Logo