images
images

भक्तपुरको बोडेमा आगलागी : १५ लाखको क्षति


  • 248
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    भक्तपुरको बोडेमा आगलागी : १५ लाखको क्षति

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमी–९ बोडेमा आगलागी हुँदा १५ लाखको क्षति भएको छ । शनिवार साँझ बोडे पेट्रोल पम्प ओरालोस्थित नवदुर्गा पेपर उद्योगमा आगो लागेको थियो ।

    अण्डाको क्रेट बनाउने सो उद्योगमा भएको आगलागीबाट १५ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। कटुञ्जे घर भएका ४० वर्षीय राकेश सुवालले सञ्चालन गरेको उधोगमा ३ लाख बरावरको कागज र १२ लाख मुल्य पर्ने जेनेरेटर जलेको जनाइएको छ ।

    बिजुलीको करेन्ट सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको  छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको बताइएको छ ।


    images
    images

    Logo