images
images

विमान दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त


  • 240
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    विमान दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । 

    सभापति देउवाले दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन कांग्रेसका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन् । विमान दुर्घटनामा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । 

    विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि सेती नदी किनारमा दुर्घटना भएको थियो ।  

     


    images
    images

    Logo